२४ जेठ २०८३, आइतबार

उपत्यकामा सञ्चालित सबै विद्यालयलाई सूचना अधिकारी तोक्न महानगरको निर्देशन

जेठ १२, २०८१
काठमाडौं
उपत्यकामा सञ्चालित सबै विद्यालयलाई सूचना अधिकारी तोक्न महानगरको निर्देशन

काठमाडौं महानगरपालिकाले उपत्यकामा सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई सूचना अधिकारी तोक्न आग्रह निर्देशन दिएको छ ।

महानगरपालिकाको सञ्चार तथा सूचना ऐन, २०८० बमोजिम महानगरले यही जेठ १४ गतेभित्र सूचना अधिकारी तोकेर महानगरपालिकालाई जानकारी गराउन निर्देशन दिएको हो ।

महानगरको शिक्षा विभाग प्रमुख गोविन्दप्रसाद शर्माका अनुसार महानगरले यसअघि पनि शैक्षिक सङ्घसंस्थालाई सूचना अधिकारी तोकेर विभागका पठाउन आग्रह गरेको थियो । तर उक्त आग्रहअनुसार केही विद्यालयले मात्र सूचना अधिकारी तोकेको जानकारी प्राप्त भएकाले पुनः निर्देशन दिइएको हो ।

सूचना अधिकारी तोक्दा संस्थाको दोस्रो जिम्मेवारीमा रहेको व्यक्ति हुनुपर्नेछ ।

हाल महानगरपालिकामा ८७ सामुदायिक विद्यालय सञ्चालनमा छन् भने ६ सय संस्थागत विद्यालय छन् । 

यसअघि महानगरपालिका क्षेत्रमा सञ्चालित सहकारीहरूले सूचना अधिकारीको व्यवस्था गरी सहकारी विभागमा जानकारी गराएका छन् ।​​

यसैबीच,  गत वैशाख १९ गतेदेखि काठमाडौं महानगरपालिकाले आयोजना गरेको सीप मेलामा आवेदन गरेकालाई स्थानीय विद्यालय र क्याम्पससँगको सहकार्यमा तालिम दिइने भएको छ ।

महानगरपालिकाले २०८१ सालको शुभारम्भमा २ हजार ८१ जनालाई सीपमूलक तालिम दिएर ‘स्वरोजगार’, ‘रोजगार’ र ‘अन द जब ट्रेनिङ’ उपलब्ध गराउने लक्ष्य लिएकामा आवेदन गरेका सबैलाई तालिम दिन लागेको सामाजिक विकास विभागका निमित्त प्रमुख विमला कोइरालाले बताइन् ।

उनले भनिन्, 'साठी हजार बढीले फाराम भर्नुभएको छ, त्यसबाट छनोट गरेर वा कागजात पूरा गरेका  सबैलाई तालिम दिनेछ ।'

महानगरपालिकाले सम्बन्धित क्याम्पस र विद्यालयहरूसँग सम्झौता गरिसकेको छ ।

फाराम भरेका मध्येबाट दुई हजार ८१ जनालाई तत्काल तालिम दिने र अन्यलाई आवश्यकताका आधारमा आगामी तीन वर्षभित्रमा प्रशिक्षण दिइनेछ ।

salt training

कमेन्ट गर्नुहोस्