२७ असार २०८३, शनिबार

बाँकेमा प्रभावकारी बन्दै 'किसानसँग पालिका प्रमुख' कार्यक्रम

जेठ १२, २०८१
बाँके
बाँकेमा प्रभावकारी बन्दै 'किसानसँग पालिका प्रमुख' कार्यक्रम

बाँकेको बैजनाथ गाउँपालिकाले कृषिमा आत्मनिर्भर पालिका बनाउने उद्देश्यले सञ्चालन गरेको किसानसँग पालिका प्रमुख कार्यक्रम प्रभावकारी बनेको सम्बद्ध किसानहरूले बताएका छन् ।

किसानलाई आवश्यक बिउविजन, तालिम तथा परामर्शसँगै प्रविधिसँग जोड्न थालेको र खेतीयोग्य जमिन वर्गीकरण गरी अनुदानसँगै सिँचाइ व्यवस्थापनको दीर्घकालीन योजना बनाएर लागेको पालिका अध्यक्ष प्रकाशबहादुर शाहीले बताए ।

बैजनाथ गाउँपालिकाका ७० प्रतिशत नागरिक कृषिमा आबद्ध छन् ।

उनीहरूलाई आत्मनिर्भर बनाउन उनीहरूका घरदैलोमा नै समस्या समाधानको प्रयास भएको उनले जानकारी दिए ।

स्थानीय नागरिकलाई आत्मनिर्भर बनाउन गाउँपालिकाले किसानसँग पालिका प्रमुख कार्यक्रम सञ्चालन गरेको र उक्त कार्यक्रमका लागि पालिकाले पर्याप्त बजेट विनियोजन गरेको  उनले बताए ।

गाउँपालिकाले उत्पादनका आधारमा खेतीयोग्य जमिनलाई पकेट क्षेत्र बनाई उत्पादन बढाउन चार वटा वडालाई पकेट क्षेत्रका रूपमा विस्तार गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्