२७ जेठ २०८३, बुधबार

१७ वर्षीय किशोरको तिनाउ नदीमा डुबेर मृत्यु

जेठ १२, २०८१
बुटवल
१७ वर्षीय किशोरको तिनाउ नदीमा डुबेर मृत्यु

रुपन्देहीको तिलोत्तमा नगरपालिका- ६ स्थित तिनाउ नदीमा डुबेर १ जनाको मृत्यु भएको छ ।

नदी उत्खननका क्रममा परेको दहमा जमेको पानीमा पौडी खेल्न गएका स्थानीय १७ वर्षीय किशोर दिब्याम्स भुसालको शनिबार मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

साथीहरूसँग फुटबल खेल्न गएका ती किशोर नजिकैको दहमा पौडी खेल्ने क्रममा डुबेको स्थानीयले जानकारी गराएका थिए ।

लगत्तै प्रहरी घटनास्थल पुगे पनि भुसाल मृत अवस्थामा फेला परेका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्