२३ जेठ २०८३, शनिबार

संसद्को अवरोध चाँडै हट्छ : उपाध्यक्ष पौडेल

जेठ १२, २०८१
चितवन
संसद्को अवरोध चाँडै हट्छ : उपाध्यक्ष पौडेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले संसदको अवरोध चााडै हट्ने बताएका छन् । नेकपा (एमाले) चितवनको ११औँ अधिवेशनको आज भरतपुरमा उद्घाटन गर्दै उनले नेपाली कांग्रेसले संसद्को बहुमतलाई बन्धक बनाएकाले त्यसलाई पन्छाएर अगाडि बढ्ने उल्लेख गरे ।  

“कांग्रेसको अवरोधलाई हटाएर भए पनि संसद् बन्धक हुन दिँदैनौँ”, उपाध्यक्ष पौडेलले भने। विसं २०८४ को चुनावसम्म यही गठबन्धन रहने उनले बताए । “कांग्रेससँग प्रतिपक्षमा बसेर निर्वाचन लडेको अनुभव धेरै छैन”, उनले भने, “आगामी निर्वाचनमा हामी बहुमत ल्याउँछौँ ।” वर्तमान समीकरण तोड्न अनेक प्रयास भइरहेको उनले बताए । 

एमालेका अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले संसद अवरोधले बजेट ल्याउन समस्या हुने बताए । देश आर्थिक सङ्कटमा रहेको बेला मिलेर बजेट ल्याउनुपर्ने उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्