२२ जेठ २०८३, शुक्रबार

दुई चरणमा हुने निर्वाचनको मतगणना एकै चरणमा

कात्तिक २०, २०७४
दुई चरणमा हुने निर्वाचनको मतगणना एकै चरणमा

काठमाडौं, १ कार्तिक–आगामी मंसिर १० र २१ गते गरी दुई चरणमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना भने एकै चरणमा हुने भएको छ ।

मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचन सकिए पछि मात्रै मतगणना शुरु गरिने निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मंसिर १० गते सम्पन्न हुने निर्वाचन अन्तर्गत मतदान सकिएपछि मतपेटिकाहरु संकलन गरेर राखिने छ ।

मंसिर २१ गते दोस्रो चरणमा हुने निर्वाचनपछि मात्रै देशभर मतगणना शुरु गरिने उनले बताए ।

निर्वाचन आयोगले मंसिर १० गते उच्च पहाडी तथा हिमाली ३१ जिल्ला र २१ गते थप ४६ जिल्लामा मतदान हुने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।

निर्वाचन कार्यतालिकाअनुसार पहिलो चरणमा मंसिर १० गते हुने निर्वाचनका लागि कार्तिक १० गते प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरुको मनोनयन दर्ता गरिने छ ।

salt training

कमेन्ट गर्नुहोस्