२३ जेठ २०८३, शनिबार
भारि वर्षाको प्रभाव

एयर चाइनाको विमान चीनतिरै फिर्ता, लुक्लाबाट आएको जहाज रामेछापमा

जेठ १३, २०८१
काठमाडौं
एयर चाइनाको विमान चीनतिरै फिर्ता, लुक्लाबाट आएको जहाज रामेछापमा

आइतवार मध्याह्न परेको भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिबिलिटी कम भएपछि अधिकांश उडानहरू प्रभावित बनेका छन् ।

विमानस्थलका प्रवक्ता सुवास झाले भिजिबिलिटी १ हजार मिटर भन्दा कम भएपछि एयर चाइनाको जहाज चीनतिरै फर्काइएको जानकारी दिए ।

आन्तरिक उडानतर्फ लुक्लाबाट आएको जहाज रामेछापको मन्थली अवतरण भएको उनले जानकारी दिए ।

'अहिले भिजिबिलिटी बढ्ने क्रममा छ,' उनले भने, 'केही समय उडान-अवतरण प्रभावित भएपनि हावाहुरी कम भएकाले अब हुँदैनन् ।'

salt training

कमेन्ट गर्नुहोस्