१४ असार २०८३, आइतबार

चालू आर्थिक वर्षमा १८९ किलोमिटर सडक कालोपत्रे

जेठ १३, २०८१
काठमाडौं
चालू आर्थिक वर्षमा १८९ किलोमिटर सडक कालोपत्रे

नेपालमा कालोपत्रे सडकको लम्बाइ १८ हजार २ सय १४ किलोमिटर पुगेको छ ।

चालू आर्थिक वर्षमा १८९ किलोमिटर सडक कालोपत्रे भएको सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । 

२०८० फागुन मसान्तसम्म कालोपत्रे सडकको लम्बाइ १८ हजार किलोमिटर नाघेको हो ।

अर्थमन्त्री वर्षमान पुनले आइतबार संसद्‌मा पेश गरेको आर्थिक सर्वेक्षण अनुसार देशभर ग्राभेल सडकको लम्बाइ ७ हजार ६ सय ९७ किमि पुगेको छ ।

८ हजार ३ सय २९ किमि कच्ची सहित सरकारले निर्माण गरेको सडकको लम्बाइ ३४ हजार २ सय ६७ कायम भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । 

चालू आर्थिक वर्षमा ६७ वटा सडक पुल निर्माण भएको छन् ।

आर्थिक वर्षको दोस्रो चौमासिकसम्म पुँजीगत खर्च कम भएकोले उपलब्धि कम देखिएको हो ।

विकास निर्माणका काम आर्थिक वर्षको तेस्रो चौमासिकमा धेरै हुने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्