
काठमाडौं जिल्ला अदालतले जबरजस्ती करणी मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरीलाई दोषी ठहर गरेको छ ।
न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले गिरीलाई दोषी ठहर गरेको अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिए ।
गिरी सर्वोच्च अदालतको आदेशले थुनामा रहेका छन् ।
गिरीको सजाय भने पछि निर्धारण हुने शर्माले बताए ।