०८ साउन २०८३, शुक्रबार

कांग्रेसले आम जनताको समस्या उठाएको छ  : नेता सिटौला

जेठ १३, २०८१
काठमाडौं
कांग्रेसले आम जनताको समस्या उठाएको छ  : नेता सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आम जनताको समस्यालाई कांग्रेसले उठाएको बताउनुभएको छ ।

परिवर्तन अभियान नेपालले आज आयोजना गरेको ‘सङ्घीय गणतन्त्रात्मक शासन व्यवस्था विगत र वर्तमानको समस्या ः आगामी कार्यभार’ विषयक संवादमा उgनले कांग्रेस आम जनताको पार्टी भएकाले जनताको आवाजलाई संसद् र सडकमार्फत उठाएको बताएका हुन् । 

नेता सिटौलाले सरकारले जनताको हितमा काम गर्नुपर्ने र प्रतिपक्षले जनताको आवाज उठाउनुपर्ने बताए । “जनताको आवाज उठाउँदा सरकारले पेलेर जाने भए कांग्रेस चुनौती सामाना गर्न तयार छ”, नेता सिटौलाले भने । 

  कांग्रेसका पूर्वमहामन्त्री सिटौलाले प्रतिपक्षले जनतालाई संविधानले दिएको अधिकारको कुरा संसद्मा निरन्तर उठाउने स्पष्ट पारे  । कांग्रेससहितका प्रतिपक्षले संसद्मा उठाएका आवाजलाई सरकारले नजरअन्दाज गरेर उक्त प्रवृत्तिको सामाना गर्न कांग्रेस तयार रहेको उनको भनाइ छ । 

 नेता सिटौलाले प्रदेश सरकारलाई संविधानले दिएको अधिकार कार्यान्वयन गर्न कानुन नबनेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्