२१ जेठ २०८३, बिहीबार

चारवटा गाडी ठोक्किएर भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या दुई पुग्यो [अपडेट]

जेठ १४, २०८१
काठमाडौं
चारवटा गाडी ठोक्किएर भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या दुई पुग्यो [अपडेट]

चितवनमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ । गए राति नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका-२९ सत्रकिलोमा चारवटा गाडी ठोक्किएर भएको दुर्घटनामा घाइते थप एक जनाको ज्यान गएको हो । 

सहचालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका राम्चेका २१ वर्षीय राजन सुवेदीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी ट्रकका सहचालक हुन् । 

यसअघि अन्दाजी १६/१७ वर्षका किशोरको मृत्यु भएको थियो । उनको सनाखत हुन सकेको छैन । 

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालका अनुसार दुर्घटनामा २१ जना घाइते छन् । उनीहरूको उपचार भइरहेको उनले बताए । 

काठमाडौंबाट प्यूठान जाँदै गरेको बा ४ ख ९०८६ नं. को बस, नारायणगढदेखि मुग्लिनतर्फ आउँदै गरेको ना ३ ख ७९१५ नं. को ट्रक, काठमाडौंबाट महोत्तरी बर्दिबासतर्फ जाँदै गरेको ना ७ ख ३२४८ नं.को बस र वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ८९६८ नं.को बस ठक्कर खाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्