२७ असार २०८३, शनिबार

सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम सम्पन्न गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

जेठ १५, २०८१
काठमाडौं
सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम सम्पन्न गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियालाई शीघ्र तार्किक निष्कर्षमा पुर्‍याउन तथा सङ्क्रमणकालीन न्यायसम्बन्धीका बाँकी काम सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा उनले यस्तो बताएका हुन् ।

संविधानको मर्म र भावनालाई सम्बोधन गर्ने गरी द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनाका अधिकांश कार्य सम्पन्न भएको उनको भनाइ थियो ।

'संविधानले परिलक्षित गरेबमोजिम हामीले द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनाका अधिकांश कार्य सम्पन्न गरेका छौं', प्रधानमन्त्री दाहालले भने, 'शान्ति प्रक्रियालाई शीघ्र तार्किक निष्कर्षमा पुर्याउन तथा सङ्क्रमणकालीन न्यायका बाँकी कामसमेत यथाशीघ्र सम्पन्न गर्न सरकार दृढ छ ।'

उनले द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनामा नेपालले गरेको अभ्यास विश्वसामु नवीन उदाहरणका रूपमा स्थापित भएको बताए ।

प्रधानमन्त्रीले सशस्त्र द्वन्द्व तथा जनआन्दोलनका घाइते र अपाङ्गता भएकालाई जीवन निर्वाह भत्ता वितरण तथा द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, उपचार, रोजगारी, स्वरोजगारका अवसर, आर्थिक सहायता, पुनःस्थापना र परिपूरणको व्यवस्था मिलाइएको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्