२७ जेठ २०८३, बुधबार

यार्सा टिप्न गएकी २२ वर्षीया युवतीको मृत्यु​

जेठ १५, २०८१
काठमाडौं
यार्सा टिप्न गएकी २२ वर्षीया युवतीको मृत्यु​

यार्सागुम्बा टिप्न डोल्पा गएकी रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–४ गोतामकोटकी जमुना विष्टको लेक लागेर मृत्यु भएको छ ।

डोल्पाको काइके गाउँपालिकाको लैनीमाथिको डाँडामा पुगेपछि सोमबार २२ वर्षीया विष्टको मृत्यु भएको वडाध्यक्ष नरसिंह विष्टले जानकारी दिए।

उनका अनुसार यार्सागुम्बा टिप्नका लागि डोल्पाको नाउँरेमा पुगेपछि उनी लेक लागेर बिरामी परेकी थिइन् ।

'बाटोमा बिरामी भएपछि यार्सा टिप्न सँगै गएका बहिनी र भिनाजुसँग घर फर्किँदै गर्दा मृत्यु भएको हो', वडाध्यक्ष विष्टले भने, 'सशस्त्र प्रहरी बलको सहयोगमा गत राति शव डोल्पा जिल्ला अस्पताल दुनैमा ल्याइएको थियो ।'

अहिले अस्पतालमा पोस्टमार्टम गर्ने तयारी भइरहेको जानकारी दिँदै उनले पोस्टमार्टमपश्चात् शव गोतामकोटमा ल्याइने बताए ।

salt training

कमेन्ट गर्नुहोस्