१९ असार २०८३, शुक्रबार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

जेठ १५, २०८१
काठमाडौं
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
पाइल तस्वीर

बजेट पारित गर्न २ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ ।

यस अघि १ बजे नै संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने तयारी थियो ।

तर संसदीय छानबिन समिति गठनको तयारीका लागि समय लाग्ने भएपछि सरकारकै आग्रहमा बजेट प्रस्तुत गर्ने कार्यक्रम ३ तीन बजेलाई सारिएको हो ।

तर पारित गरेर मात्रै बजेट ल्याउने अभ्यास रहँदै आएकोले सिंहदरबारमा २ बजे मन्त्रिपरिषद्को बैठक राखिएको प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'का प्रेस विज्ञ मनहरि तिमल्सिनाले जानकारी दिए । 

सहकारी प्रकरणमा छानबिन समिति गठन गर्नु अघि यसको कार्यादेशलाई अन्तिम रुप दिन कार्यदलको बैठक बसिरहेको छ ।​

कार्यादलले अन्तिम रुप दिएपछि आजै बजेट भाषणपछि प्रतिनिधि सभाको बैठकले सहकारी प्रकरणमा भएको रकम अपचलनको छानबिन गर्न संसदीय समिति गठन गर्दैछ ।

salt training

कमेन्ट गर्नुहोस्