
काठमाडौं, १ कार्तिक – पछिल्लो समय चलचित्रको नयाँ चलचित्रको घोषणा र ट्रेलर रिलिज लगभग हप्तैपिच्छेजस्तै भइरहेका छन् । रिलिजको तयारीको चलचित्र रुद्रप्रिया र एश्वर्य यतिबेला प्रचारमा जुटेका छन् । रिलिज हुन बाँकी केही चलचित्रका ट्रेलर हामीले यहाँ समावेश गरेका छौं:
चलचित्र झ्यानाकुटीको ट्रेलरमा सौगात मल्ल र बेनिशा हमालको अभिनय रहेको छ । एउटा गाउँको दुई पात्रलाई कथानक बनाइएको छ फिल्ममा । चलचित्रलाई सिमोस सुनुवारले निर्देशन गरेका हुन् ।
चलचित्र फाटेको जुत्तामा सौगात मल्ल र प्रियंका कार्कीको मुख्य भूमिका छ । यो चलचित्र पनि हास्य विधामा निर्माण भएको ट्रेलरले देखाउँछ । चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।