२६ असार २०८३, शुक्रबार

तिहारमा घरमै बनाउनुस् पेडा

कात्तिक २०, २०७४
तिहारमा घरमै बनाउनुस् पेडा

काठमाडौं, १ कात्तिक — पेडा स्वादिष्ट मिठाइ हो । तिहारमा देवी लक्ष्मीलाई मिठाइ चढाउनुपर्छ । आज हामी तपाईंलाई घरैमा पेडा बनाउन सिकाउँछौं ।


सामग्री

तातो दूध दुई ठूलो चम्चा
केसर अलिकति
दूध एक लिटर
चिनी १२० ग्राम
आरारोट एक ठूलो चम्चा
कागतीको रस एक ठूलो चम्चा
अलैंचीको धूलो अलिकति
पिस्ता सजाउनका लागि
बदाम सजाउनका लागि

विधि
एउटा भाँडोमा दुई चम्चा तातो दूध र अलिकति केसर हालेर मिसाउनुस् । त्यसलाई एकातिर राख्नुस् ।

एउटा कराहीमा एक लिटर दूध उमाल्नुस् ।

त्यसमा चिनी र केसर–दूधको मिश्रण हालेर मज्जाले घोल्नुस् र चार मिनेट मधुरो आगोमा पकाउनुस् । बीचबीचमा हल्लाउनुस् ।

एउटा कचौरामा एक चम्चा आरारोट र दुई चम्चा दूध हालेर मज्जाले मिसाउनुस् ।

अब यो मिश्रणलाई दूधमा हाल्नुस् र त्यसमा कागतीको रस हालेर मज्जाले मिसाउनुस् ।

पाँच मिनेटसम्म यसलाई मधुरो आगोमा पकाउनुस् ।

यो मिश्रणलाई एउटा भाँडोमा हालेर आधी घन्टा चिसो हुनका लागि छोडिदिनुस् ।

त्यसमा अलिकति अलैंचीको धूलो हालेर मज्जाले मिसाउनुस् ।

अब यो मिश्रणलाई हातमा लिएर पेडाको आकार दिनुस् ।

प्रत्येक पेडामा पिस्ता र बदामले सजाउनुस् ।

पेडा तयार भयो ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्