
मन्त्रिपरिषद्को बैठकबाट आर्थिक वर्ष २०८१–८२ को बजेट पारित गरेपछि प्रधानमन्त्रीसहित मन्त्रीहरूले सिंहदरबार परिसरमा सामूहिक तस्वीर खिचाएका छन्
मंगलवार दिउँसो करिब ३ बजेतिर सिंहदरबारमा बैठक सकिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत मन्त्रिपरिषद्का सदस्यले तस्वीर खिचाएका हुन् ।
अर्थमन्त्री वर्षमान पुनले आज मंगलवार संघीय संसदमा आव २०८१–८२ को बजेट प्रस्तुत गर्नेछन् । यसअघि मन्त्रिपरिषद्बाट बजेट पारित गरिएको हो ।