×

NIC ASIA

चाडबाडमा पनि उखु किसानले भुक्तानी पाएनन्

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels
रौतहट, १ कात्तिक - जिल्लाको एकमात्र ठूलो उद्योगका रुपमा रहेको गरुडास्थित श्रीराम सुगर मिलले दिपावली र छठमा पनि उखु बापतको भुक्तानी नदिँदा यहाँका किसान आक्रोशित भएका छन् ।sugar cane

पटक पटक भुक्तानीको भाखा सार्दै आएका उद्योगीले चाडबाडको मुखमा अनेक बहाना बनाउने र आफँैले गरेको भाखाअनुुसार भुक्तानी नदिएका कारण किसानहरू मिल प्रशासन र उद्योगीप्रति आक्रोशित बनेका हुन् ।

तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीको रोहवरमा मन्त्रालयमै तत्काल भुक्तानी दिन सुुरु गर्ने बताएका उद्योगपतिद्वय हृतेष गोल्छा र ललित अग्रवालले एक वर्ष बित्न लाग्दा पनि भुक्तानी दिन नसकेको उखु उत्पादक किसान संघ रौतहटका अध्यक्ष अशोक यादवले बताउनुभयो ।

गत वर्ष किसानले मिललाई दिएको उखु वापतको रु एक करोड, २०७२ सालको रु तीन करोड र २०७१ सालको रु १८ करोड गरी कुल २२ करोड बक्यौता रहेको अध्यक्ष यादवले जानकारी दिनुुभयो ।

उद्योग मन्त्री जोशीको रोहवरमा भाखा गरेर पनि उद्योगपतिले किसानको रकम भुक्तानी नदिँदा बाध्य भएर गत वैशाखमा किसानले पटक पटक मिलमा तालाबन्दी गरे तर भुक्तानी पाउन सकेनन् ।

तालाबन्दीपछि उद्योगपतिले दशैंसम्म सम्पूर्ण रकम भुक्तानी गर्ने बताए पनि हालसम्म भुक्तानीको प्रक्रिया सुुरु नगरेकाले बिहीबारदेखि पुुनः श्रीराम सुगर मिलमा तालाबन्दी गर्ने अध्यक्ष यादवले बताउनुुभयो ।

वर्षमा एकपटक आउने लोकपर्व दीपावली र छठको मुखमा पनि उद्योगपतिले भुक्तानीको सट्टा अनेक बखेडा देखाइरहेकाले आँउदो सिजनमा श्रीराम मिललाई जिल्लाका किसानले उखु नदिने कृषक राम भरोसी यादवले चेतावनी दिनुभयो ।

श्रीराम सुगर मिलका महाप्रबन्धक गणेश पाण्डेले किसानको रकम भुक्तानीका लागि उद्योगपतिसँग कुुरा भइरहेको बताउँदै रकम आउनासाथ भुक्तानी सुुरु गर्ने प्रतिवद्धता जनाउनुुभयो ।

जिल्लाको व्यापारिक केन्द्र गरुडामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पहलमा २०५१ सालमा श्रीराम सुगर मिलको स्थापना भएको थियो ।

स्थापनापछि उद्योगपति दिवाकर गोल्छाले केही वर्षसम्म मिललाई नियमित रुपमै सञ्चालन गरेका र किसानलाई उखुबापतको रकम समेत समयमै भुक्तानी दिएका थिए । तर पछिलो एकदशकदेखि उद्योगपति र मिल प्रशासनको लापर्बाहीले उखुखेती गर्ने हजारौं किसान समस्यामा परेका छन् ।

वर्षभरीको मिहिनेत र घरको पुँजी लगाएर उब्जनी गरेको उखु मिललाई दिएर भुक्तानीका लागि वर्षौ कुुर्नुुपर्ने बाध्यताका कारण किसानहरू चिन्तित हुँदै गएका छन् ।

प्रत्येक सिजनमा २७ लाख क्विन्टलसम्म उखु क्रसिङ गर्ने श्रीराम मिललाई किसानले नपत्याएका कारण गत वर्षमात्र सात लाख क्विन्टल उखुको क्रसिङपछि मिल बन्द हुनपुगेको थियो ।

रौतहट, बारा, सर्लाहीका उखु किसानको वर्षौदेखिको पीडालाई सरकार र स्थानीय प्रशासन कसैले पनि सम्बोधन गर्न नसकेको दुखेसो पीडित किसानको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x