२० असार २०८३, शनिबार
भिसा नदिएपछिकाे आक्रोश

सन्दीपका समर्थक र प्रहरीबीच बालुवाटारमा झडप [तस्वीरहरू]

जेठ १६, २०८१
काठमाडौं
सन्दीपका समर्थक र प्रहरीबीच बालुवाटारमा झडप [तस्वीरहरू]
तस्वीरहरूः शिखा श्रेष्ठ/लोकान्तर ।

क्रिकेटर सन्दीप लामिछानेका समर्थक र प्रहरीबीच बालुवाटारस्थित प्रधानमन्त्री निवासबाहिर झडप भएको छ ।​ निशेधाज्ञा तोड्न लागेका प्रदर्शनकारीलाई प्रहरीले रोक्न खोजेपछि बुधवार झडपको स्थिति सिर्जना भएको हो ।

null

प्रदर्शनकारीले निशेधाज्ञा लेखेकाे ब्यानर नै च्यातिदिएका थिए । त्यसपछि केही आन्दोलनकारीको आव्हानमा भीड नियन्त्रणमा आएको थियो ।

null

सन्दीपलाई टी–२० विश्वकप खेल्न जानका लागि अमेरिकाले भिसा (प्रवेशाज्ञा) नदिएको भन्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका हुन् ।

null

माइतीघरमा भेला भएका समर्थक बालुवाटारसम्म पुगेका हुन् । भिसाका लागि दबाब सिर्जना गर्न समर्थकहरूले महाराजगञ्जस्थित अमेरिकी दूतावासमा जाने तयारी गरेका छन् । 

null

झडपपछि उनीहरू बालुवाटारमै धर्ना दिएका बसेका छन् । यसपछि महाराजगञ्जस्थित अमेरिकी दूतावास घेर्ने कार्यक्रम छ । 

salt training

कमेन्ट गर्नुहोस्