२७ जेठ २०८३, बुधबार

बढुवा भएका चार जना डीआईजीले पाए जिम्मेवारी, को–कहाँ ? [सूचीसहित]

जेठ १६, २०८१
काठमाडौं
बढुवा भएका चार जना डीआईजीले पाए जिम्मेवारी, को–कहाँ ? [सूचीसहित]

हालै बढुवा भएका प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरुको पदस्थापन भएको छ । गृहमन्त्री रवि लामिछानेले बुधबार हालै डीआईजीमा बढुवा नियुक्ति भएका  चार जना डीआईजीको जिम्मेवारी तोकेका हुन् । 

जसअनुसार डीआईजी कृष्ण हरि शर्मा पोखरेल काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापन भएका छन् । 

यस्तै दानबहादुर कार्की प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन हुँदा डा मनोज कुमार केसी प्रहरी प्रधान कार्यालय विशेष ब्युरो  र राजन अधिकारी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्