२६ असार २०८३, शुक्रबार

सन्दीपलाई खेलकुदमन्त्रीको ढाडस– अमेरिका जान आशावादी हुनू

जेठ १७, २०८१
काठमाडौं
सन्दीपलाई खेलकुदमन्त्रीको ढाडस– अमेरिका जान आशावादी हुनू

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले टी–२० विश्वकप खेल्न जानका लागि आशावादी हुन क्रिकेटर सन्दीप लामिछानेलाई आग्रह गरेका छन् ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा अभ्यास गरिरहेका सन्दीपलाई भेटेर उनले यस्तो ढाडस दिएका हुन् ।

मन्त्री श्रेष्ठसँग राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का पनि उपस्थित थिए । 

विश्वकप खेल्न पठाउन भिसा (प्रवेशाज्ञा)का  लागि आफूहरूले सक्दो प्रयास गरिरहेको उनको भनाइ थियो ।

बलात्कार मुद्दामा निर्दोष सावित भएपनि सन्दीपलाई विश्वकप खेल्न जान अमेरिकाले भिसा दिएको छैन । यसलाई लिएर उनका समर्थक आन्दोलित भएका छन् । 

आगामी जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा टी–२० विश्वकप हुँदैछ । नेपाली टोली अहिले अमेरिकामा अभ्यास खेल खेलिरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्