असोज २, २०७९
चीनको पहिलो मङ्गल अन्वेषण अभियानले समृद्ध वैज्ञानिक परिणामहरू प्राप्त गरिरहेको चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए) ले आइतबार जनाएको छ । सीएनएसएका अनुसार बिहीबारसम्म तियानवेन–१ आर्बिटरले ७८० दिन...
पर्वत– जिल्लाको एक विद्यालयका छ जना विद्यार्थीले ड्रोन बनाएका छन् । सदरमुकाम कुश्माबजार स्थित नमूना आवासीय माविका ६ जना विद्यार्थीले ड्रोन बनाएर आकाशमा उडाउन सफल भएका हुन् ।
नमूना आवासीय मावि कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले साढे दुई महिनाको अवधि लगाएर अत्याधुनिक प्रविधिको ड्रोन बनाएर बुधवार सफल परीक्षण गरेका हुन् । कक्षा १० मा अध्ययरत उत्सभ गिरी, विज्ञान पौडेल, सुजन सुवेदी, चिन्तन सुवेदी, निश्चल शाही र सविन आरडीले ड्रोन बनाएका हुन् । क्यामेरा जडान गर्न सकिने उक्त ड्रोन पाँच सय मिटर वरिपरि उडाउन सकिने क्षमताको रहेको छ ।
कतिपय स्थानीय स्तरमा र कतिपय पोखरा, काठमाडौं, बुटवल र भारतबाट समेत सामग्री जुटाएर ड्रोन निर्माण गरिएको विद्यार्थी उत्सभ गिरीले जानकारी दिए । विज्ञान विषयमा सिकेको ज्ञान तथा युट्युब, विभिन्न बेवसाइट, शिक्षक तथा विभिन्न प्रदर्शनीमा देखेका आधारमा ड्रोन तयार पारिएको गिरीले बताए ।
ड्रोनमा क्यामेरा जडान गरेर फोटो तथा भिडियो खिच्न सकिन्छ भने यसलाई परिमार्जन गरेर सामान बोक्नका लागि प्रयोगसमेत गर्न सकिने अर्का विद्यार्थी विज्ञान पौडेलले बताए । उनका अनुसार यसका लागि आवश्यक सामाग्री स्थानीय स्तरमा नपाइने भएकाले लामो समय लागेको हो । गत माघ अन्तिमदेखि ड्रोन निर्माण शुरू गरिएको भएपनि आवश्यक उपकरण समयमै उपलब्ध नभएकाले वैशाख अन्तिम सातामात्र उनीहरूले पूर्णता दिएका हुन् ।
ड्रोन निर्माणका लागि आफ्नो सीप र परिश्रम बाहेक रु ५१ हजार सात सय ५० खर्च लागेको ड्रोन निर्माणकर्ता विद्यार्थी सुजन सुवेदीले बताए । फ्रेम, पंखा, इन्जिन, ब्याट्री, मोटर, फ्लाइट कन्ट्रोलर, ट्रान्समिटर, एसी लगायतका उपकरण प्रयोग गरिएको उनले बताए ।
विद्यालयको नियमित पठनपाठनको अतिरिक्त समय व्यवस्थापन गरेर ड्रोन तयार गरिएको हो । दोस्रो प्रयासमा ड्रोन तयार भएको सुवेदीले बताए । उनीहरूले यसअघि रोवर्ट पनि बनाएको थियो ।
प्रधानाध्यापक इन्द्रमान खत्रीले विद्यार्थीले अतिरिक्त क्रियाकलापका रूपमा प्रविधितर्फ आकर्षण भएको बताए । उनले प्रविधिको हिसाबमा विश्वले नै फड्को मारेका बेला आफ्ना विद्यालयका विद्यार्थीले पनि यान्त्रिक उपकरण बनाएर सफल परीक्षण गरेको बताए । उनले विद्यार्थीहरूलाई विद्यालयले पनि आवश्यक साथ, सल्लाह र हौसला प्रदान गरेको उल्लेख गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यामप्रसाद शर्माले विभिन्न शैक्षिक प्रदर्शनीमा जाँदा अन्य क्षेत्रका विद्यार्थीले गरेका विभिन्न आविस्कारका वस्तु देखेपछि आफ्नो विद्यालयका विद्यार्थीले पनि ड्रोन निर्माण गरेको बताए ।
ड्रोन बनाएर उडाएका विद्यार्थीले अब सामान बोक्न मिल्ने ड्रोन बनाउने तयारी गरेका छन् । त्यसका लागि आवश्यक सामग्री जुटाउन थालेको बताएका छन् । ती विद्यार्थीले नै उच्च शिक्षामा इलेक्ट्रोनिक इन्जिनियर बन्ने योजनासमेत बनाएका छन् । –रासस–
चीनको पहिलो मङ्गल अन्वेषण अभियानले समृद्ध वैज्ञानिक परिणामहरू प्राप्त गरिरहेको चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए) ले आइतबार जनाएको छ । सीएनएसएका अनुसार बिहीबारसम्म तियानवेन–१ आर्बिटरले ७८० दिन...
अमेरिकी राष्ट्रिय एयरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको लागि सम्पूर्ण तयारी पूरा गरेको छ । नासाका स्वतन्त्र विशेषज्ञहरू मिलेर बनेक...
प्राविधिक समस्याका कारण सोमबार नासा र बोइङले ‘स्टारलाइनर अन्तरिक्ष यान’ को पहिलो क्रु मिसनको प्रक्षेपण स्थगित गरेका छन् । स्टारलाइनर एक अन्तरिक्ष यान हो । यसले २१औँ शताब्दीको आविष्कारसँग वास्तुकला, ...
विश्वभर एलियनको बारेमा बहस तीव्र भएको छ । एलियन्सको बारेमा दिनहुँ धेरै अनौठा दाबीहरू गरिन्छ । वैज्ञानिकहरू यस प्रश्नको जवाफ खोजिरहेका छन्, तर अहिलेसम्म उनीहरूले कुनै सफलता पाएका छैनन् । यसै...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले परिणाम देखिने गरी काम गर्नुपर्ने बताएका छन् । बिहीवार भएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४५औँ प्...
इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो)ले चन्द्रमामा प्रज्ञान रोभर घुम्दै गरेको भिडियो सार्वजनिक गरेको छ । चन्द्रयान- ३ मार्फत पठाइएको उक्त रोभर आफ्ना लागि सुरक्षित स्थान खोज्दै घुमेको भिडियो इसरोले बुधवार स...
संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सशस्त्र संघर्ष शुरू गरेपछि सबैभन्दा बढी चर्चामा उसको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रह्यो । भूमिगत पार्टीको खुला मोर्चामा यु...
हामीसँग पर्खिने र हेर्ने समय छैन । विगतमा गुजारेको अनुत्पादक समयको क्षतिपूर्ति स्वरूप दिनरात काम गर्नुपर्ने र आउने पुस्ताको निम्ति सुविस्ताको जीवन बिताउने वातावरण बनाइदिने जिम्मेवारी हाम्रै हो । र, अर्को कुरा अह...