२१ असार २०८३, आइतबार

काभ्रेस्थली सवारी दुर्घटना अपडेटः एक जनाको मृत्यु

चालकसहित पाँचजना घाइते
जेठ १७, २०८१
काठमाडौं
काभ्रेस्थली सवारी दुर्घटना अपडेटः एक जनाको मृत्यु

काठमाडौंको तारकेश्वर नगरपालिका– २ स्थित काभ्रेस्थलीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । यस्तै चालकसहित पाँचजना घाइते भएका छन् । 

मृत्यु हुनेमा २७ वर्षीया रमिता तोलाङ्गी रहेकी छिन् । उनी काभ्रेस्थलीकै हुन् । उनी पहिले गम्भीर घाइते भएकोमा पछि अस्पतालमा लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।  

बिहीबार दिउँसो १ः५ बजे काभ्रेस्थली भेडिगोठ सरकारी धारानजिक सडकखण्डमा बा ४ ख ३२० नम्बरको आइचर गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा गाडी चालक रोशन भनिने वर्ष २६ का सुशील दमाई र सहचालक २० वर्षीय कृष्ण तामाङसमेत छन् । 

यस्तै यात्रुहरू वर्ष २६ का गोपाल दमाई, २५ वर्षका टेकबहादुर मस्र्याङ्दी र वर्ष १८ की पवित्रा तोलाङ्गी पनि घाइते भएका छन् ।

उनीहरूको जरङ्खुस्थित मेगा ग्रीनसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्