१६ असार २०८३, मंगलबार

बैंकका कर्मचारी सवार बस सिन्धुलीमा दुर्घटना, २७ जना घाइते

जेठ १७, २०८१
काठमाडौं
बैंकका कर्मचारी सवार बस सिन्धुलीमा दुर्घटना, २७ जना घाइते

बर्दीबासबाट काठमाडौं फर्कँदै गरेको बस सिन्धुलीमा दुर्घटना भएको छ । महोत्तरीको बर्दीबासमा कार्यक्रम सकेर काठमाडौं फर्कँदै गरेका ग्लोबल आईएमई बैंकका कर्मचारीहरू दुर्घटनामा परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बागमती प्रदेश ०१०–०१–१७३२  नम्बरको पर्यटक बस बिहीबार अपराह्न दुर्घटना भएको हो । 

दुर्घटनामा घाइते भएकालाई स्थानीय अस्पताल खुर्कोटमा पठाइएको जानकारी सिन्धुलीका प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले दिए । 

बसमा बैंकका २५ र बसका दुईजना गरी २७ जना घाइते भएका छन् । बस सडकबाट खसेर स्थानीयको घर पछाडि अड्किएको थियो । ‘म दुर्घटनास्थलमै छु, घाइतेलाई खुर्कोट अस्पतालमा लगिएको छ,’ एसपी काफ्लेले भने,‘ तीन जनालाई अन्य अस्पतालमा रिफर गर्नुपर्ने देखिएको छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्