२२ जेठ २०८३, शुक्रबार

सुर्खेत जीप दुर्घटना अपडेटः चार जनाको मृत्यु, दुई घाइते

जेठ १७, २०८१
काठमाडौं
सुर्खेत जीप दुर्घटना अपडेटः चार जनाको मृत्यु, दुई घाइते

काँक्रेविहार– सुर्खेतबाट कालिकोट जाँदै गरेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका(१३ को रातानाङ्ला नजिकै टाकुरीमोडमा भएको दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पूर्ण केसीले बताए । 

बिहीबार बिहान भएको दुर्घटनाबारे प्रहरीले प्रारम्भिक जानकारी दिँदा दुई जनाको मात्र मृत्यु भएको जनाएको थियो । पछि चार जनाको मृत्यु भएको पुष्टि भएपनि मृतकको सनाखत हुन सकेको थिएन । हाल मृतकको सनाखत भएको प्रहरीले जनाएको छ । 

प्रहरी निरीक्षक केसीका अनुसार भे १ च २५६० नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परी कालिकोट गाउँपालिकाका ४० वर्षीय तन्त विक, १७ वर्षीय वीरेन्द्र विक, २७ वर्षीय नवराज विक र दैलेख भैरबी गाउँपालिका(४ का ३८ वर्षीय महेन्द्र शाहीको मृत्यु भएको छ । 

दुर्घटनामा घाइते भएका चालक कालिकोट खाँडाचक्र–९ का २५ वर्षीय नरेन्द्र विष्ट र शुभकालिका–३ भर्ताका ३८ वर्षीय नरी कामीको सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ६ जना सवार जीप सडकबाट अन्दाजी दुई सय मिटर तल खसेको थियो । -रासस

salt training

कमेन्ट गर्नुहोस्