२६ असार २०८३, शुक्रबार

विश्वकप अघिको दोस्रो अभ्यास खेलमा वर्षा बाधक: नेपाल र अमेरिकाबीचको खेल रद्द

जेठ १८, २०८१
काठमाडौं
विश्वकप अघिको दोस्रो अभ्यास खेलमा वर्षा बाधक: नेपाल र अमेरिकाबीचको खेल रद्द

आइसीसी टी-२० विश्वकप क्रिकेटअघि तय भएको नेपाल र अमेरिकाबीचको वार्म अप खेल रद्द भएको छ ।

नेपाली समयाअनुसार गएराति हुनुपर्ने खेल वर्षाका कारण रोकिएको हो । टस भए पनि वर्षाका कारण खेल भने शुरू हुन सकेन । 

टस जितेर अमेरिकाले पहिलो ब्याटिङ गर्ने निर्णय लिएको थियो । 

पहिलो वार्म अप खेलमा नेपाल सोमबार क्यानाडासँग ६३ रनले पराजित भएको थियो । 

यसअघि अमेरिका र बंगलादेशबीच मंगलबार हुने भनिएको खेल पनि खराब मौसमका कारण रद्द भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्