२८ जेठ २०८३, बिहीबार

हुरीले उडाएको धारिलो जस्ता लागेर १०७ वर्षीय वृद्धको मृत्यु

जेठ १८, २०८१
पर्सा
हुरीले उडाएको धारिलो जस्ता लागेर १०७ वर्षीय वृद्धको मृत्यु

हुरीबताससहित वर्षाका कारण १०७ वर्षीय वृद्धाको ज्यान गएको छ । बीहीबारको हावाहुरीसँगै छिमेकीको घरको जस्ताले लागेको विन्ध्वासिनी गाउँपालिका–२ का गुबेरी साहको हुरीले ल्याएको ज्यान गएको हो । घरमा बसिरहेकी उनी धारिलो जस्ताले लाग्दा गम्भीर घाइते भएकी थिइन् ।

उनको उपचारका लागि बाराको नौतनस्थित एलएस न्युरो अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक केशर न्यौपानले बताए । 

यस्तै, हुरीका कारणले पर्साको बहुदरमाई गाउँपालिका–७ बहुवनमा रहेको एनसेलको टावर ढलेर एकजना घाइते भएका छन् । घाइते हुनेमा ६० वर्षीय जोगेन्द्र महतो छन् । 

उनको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भएर अहिले डिस्चार्ज भइसकेका छन् । सोही गाउँपालिकामा हुरीबतासका कारण चारवटा बाख्रा पनि मरेका छन् । 

हुरीबतासले पर्साको प्रहरी बिटका छानोसमेत उडाएको छ । जिल्लामा हुरीका कारणले भएको क्षतिको विवरण सङ्कलन जारी रहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्