![सामसङले घटायो ३ वटा फोनको मूल्य [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/SM-A256B_Galaxy_A25_5G_Light_Blue_Front_Bm1FjraM2C.png)
सामसङ नेपालले ग्यालेक्सी ए२५ ५जी, ग्यालेक्सी एम१४ एलटीई र ग्यालेक्सी ए०५ को मूल्य घटाएको छ ।
ग्यालेक्सी ए२५ ५जी अन्तर्गत पर्ने ८जीबी र्याम र २५६ जीबी मेमोरी भएको फोनको मूल्य दुई हजार घटाएर ४२ हजार ९९९ रुपैयाँ कायम गरिएको छ । यसअघि यसको मूल्य ४४ हजार ९९९ रुपैयाँ थियो ।
त्यस्तै, ग्यालेक्सी ए२५ ५जीको ८जीबी र्याम र १२८ जीबी मेमोरी भएको फोनको मूल्य एक हजार घटाएको छ । यो फोनको मूल्य ३९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
त्यसैगरी ग्यालेक्सी एम१४ एलटीईको मूल्य २० हजार ९९९ रुपैयाँ तोकिएको छ । यसअघि यो फोनको मूल्य २१ हजार ९९९ रुपैयाँ तोकिएको थियो । यो फोनमा ६जीबी र्याम र १२८जीबी मेमोरी छ ।
ग्यालेक्सी ए०५ को मूल्य एक हजार घटाएर १७ हजार ९९९ रुपैयाँ कायम गरिएको छ । ६जीबी र्याम र १२८जीबी मेमोरी भएको यो मोबाइलको मूल्य यसअघि १८ हजार ९९९ रुपैयाँ थियो ।
सामसङले ग्यालेक्सी ए२५ ५जी र एम१४ एलटीई इन्स्टा फाइनान्समार्फत आफ्नो नागरिकताको साथमा शून्य प्रतिशत ब्याजदरमा इएमआई सुविधा पनि दिँदै आएको छ ।
समग्रमा यी मोबाइलको मूल्य १ हजारदेखि २ हजार रुपैयाँसम्म घटाइएको छ ।
