११ साउन २०८३, सोमबार

उडिरहेको इन्डिगो विमानमा दोस्रोपटक बमको धम्की

जेठ १९, २०८१
काठमाडौं
उडिरहेको इन्डिगो विमानमा दोस्रोपटक बमको धम्की

भारतको चेन्नईबाट मुम्बईका लागि बिहान उडेको इन्डिगोको फ्लाइटमा बमको धम्की आएपछि आपत्‌कालीन अवतरण गरिएको छ । शनिबार बिहान मुम्बई जाँदै गर्दा इन्डिगो विमानमा बमको धम्की आएपछि मुम्बई एयरपोर्टमा आपतकालीन अवतरण गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

उडान ६ई५३१४ चेन्नईबाट बिहान ७ बजे उडेको थियो । बिहान करिब पौने ९ बजे मुम्बई एयरपोर्टमा अवतरण भएको थियो । 

अवतरणपछि सबै यात्रुलाई सकुशल बाहिर निकालेर पूरै विमानभित्र खोजी भइरहेको दैनिक भास्करले जनाएको छ  । त्यसमा १७२ यात्रु थिए ।

विमानमा एक बेवारिसे रिमोट भेटिएको थियो । त्यसपछि पाइलटहरूले मुम्बई एयर ट्राफिक कन्ट्रोललाई जानकारी दिएर आपत्‌कालीन अवतरणको अनुमति मागेका थिए ।

एक हप्तामा इन्डिगो एयरलाइन्सलाई बमको धम्की आएको यो दोस्रोपटक हो । यसअघि मे २८ मा दिल्लीबाट वाराणसी जाँदै गरेको इन्डिगोको उडान ६ई–२२११ लाई पनि बमको धम्की दिइएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्