१० साउन २०८३, आइतबार

बजेटमा व्यापक छलफल गर्न ओलीको निर्देशन

जेठ १९, २०८१
काठमाडौं
बजेटमा व्यापक छलफल गर्न ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटमा कमीकमजोरी भएकाले व्यापक छलफल गरेर पारित गर्नुपर्ने बताएका छन् ।

एमाले संसदीय दलको बैठकमा शनिबार सम्बोधन गर्दै उनले बजेटमा सघन छलफल गरेर त्यसलाई पारित गर्नुपर्ने बताए । 'बजेटलाई  हामी पूर्णरूपमा समर्थन गर्दै त्यसलाई पारित गर्नेछौं । यसको अर्थ बजेटका कमीकमजोरी नऔंल्याउने भन्ने होइन,' उनको भनाइ उद्धृत गर्दै दलका एकजना सदस्यले भने ।

अध्यक्ष ओलीले आफ्नो क्षेत्रका आयोजनाका निम्ति विनियोजित रकम तथा  प्रस्तावित आयोजना बजेटमा समावेश भए नभएको निर्क्योल गर्न आफ्नो दलका सांसदहरूलाई सुझाव दिए ।

उनले सरकारमा सहभागी दलसँग परामर्श नगरी सदनमा बजेट पेस भएको बताए ।

बैठकमा पार्टी उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेटका सबल र दुर्बल पक्षको समीक्षा गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्