०८ साउन २०८३, शुक्रबार

सन् २०२५ सम्ममा सहायता मिसन अन्त्य गर्ने राष्ट्रसङ्घको प्रस्तावलाई इराकको स्वागत

जेठ १९, २०८१
काठमाडौं
सन् २०२५ सम्ममा सहायता मिसन अन्त्य गर्ने राष्ट्रसङ्घको प्रस्तावलाई इराकको स्वागत

बगदाद– इराक सरकारले सन् २०२५ को अन्त्यसम्ममा इराकका लागि संयुक्त राष्ट्रसङ्घीय सहायता मिसन (यूएनएएमआई) समाप्त गर्ने राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावलाई स्वागत गरेको छ ।

इराक सरकारका प्रवक्ता बासिम अल–अवादीले विज्ञप्तिमा इराकी सरकारले सन् २०२५ को डिसेम्बर ३१ सम्ममा संयुक्तराष्ट्र मिसन समाप्त गर्न सर्व सम्मतिले जारी प्रस्तावलाई स्वागत तथा स्वीकार गर्दछ ।

विज्ञप्तिका अनुसार इराकी सरकारले इराकमा राष्ट्रसङ्घ र यसका विकास कार्यक्रमसँग दिगो सहयोग र साझेदारी जारी राख्ने वाचा गरेको छ ।

यसअघि, राष्ट्रसङ्घीय सुरक्षा परिषद्को सर्वसम्मतिले यूएनएएमआईको जनादेशलाई अन्तिम १९ महिनाको अवधिका लागि विस्तार गर्ने निर्णय गरेको छ । निर्णयअनुसार निर्धारित समयपछि मिसनले सबै काम बन्द गर्नेछ ।

उक्त मिसन अमेरिकी गठबन्धनको आक्रमण पछि इराक सरकारको अनुरोधमा सन् २००३ मा इराकी सरकार र जनतालाई विभिन्न क्षेत्रमा सल्लाह, समर्थन र सहयोग प्रदान गर्न सुरक्षा परिषद्ले शुरू गरेको हो ।  
 

salt training

कमेन्ट गर्नुहोस्