२८ असार २०८३, आइतबार

एमाले कुनै मोर्चाको पक्षमा छैनः वरिष्ठ उपाध्यक्ष पोखरेल

जेठ १९, २०८१
कास्की
एमाले कुनै मोर्चाको पक्षमा छैनः वरिष्ठ उपाध्यक्ष पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मिसन-८४ अन्तर्गत बहुमत ल्याउने गरी एकताबद्ध भएर लाग्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । 
    
एमाले पोखरा महानगर कमिटीको दोस्रो अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले एमाले राष्ट्रिय शक्ति बन्यो भने मात्र देशमा आमूल परिवर्तन गर्न सकिने भन्दै सोही उद्देश्यका साथ अघि बढ्न निर्देशन दिए । 

देशलाई सही दिशामा अगाडि बढाउने अभियान साकार पार्न पार्टी कमिटीलाई तल्लो तहदेखि नै सुदृढ बनाउनुपर्नेमा जोड दिँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले समाजवादी मोर्चा, वामपन्थी एकताका भन्दा पनि कामपन्थी एकताको खाँचो औँल्याए।

पार्टी स्थायी कमिटी सदस्य एवम् गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले आगामी निर्वाचनमा तीनवटै तहमा एमालेले बहुमत ल्याउनुपर्ने आवश्यकता औँल्याए ।  

आगामी निर्वाचनमा पोखरा महानगरपालिकाका ३३ वटै वडामा जित सुनिश्चित हुने गरी अघि बढ्न कार्यकर्तालाई आग्रह गर्दै उनले विगतलाई बिर्सेर अगाडि बढ्नुपर्नेमा जोड दिए । 

एमाले पोखरा महानगरपालिका कमिटीका अध्यक्ष दिलीप न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा स्थायी कमिटी सदस्य एवं कास्की जिल्ला इन्चार्ज थममाया थापा, केन्द्रीय सदस्य एवं महानगर इन्चार्ज कृष्ण थापा, केन्द्रीय सदस्य तथा पोखरा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङ, गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा, कास्की जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री, महानगर उपाध्यक्ष मोहन गुरुङ र सचिव जीवन आचार्यले धारणा राखेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्