२७ जेठ २०८३, बुधबार

भन्सार दरका कारण बढ्यो सुनको मूल्य

जेठ २०, २०८१
काठमाडौं
भन्सार दरका कारण बढ्यो सुनको मूल्य

पछिल्लो एक साताको अवधिमा बजारमा सुनको मूल्य प्रतितोलामा पाँच हजार तीन सय रुपियाँले बढेको छ । 

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनमा लाग्दै आएको भन्सारदरमा वृद्धि गरेका कारण सुनको मूल्य बढ्न गएको हो । 

गत मङ्गलबार अर्थमन्त्री वर्षमान पुनले संसद्मा प्रस्तुत गर्नुभएको बजेटमार्फत भन्सारदरलाई १५ प्रतिशतबाट वृद्धि गरी २० प्रतिशत पुर्‍याएको छ । त्यसको असरले सुनको मूल्य यो साताभर निरन्तर बढ्दै गएको हो । 

गत साताको पहिलो दिन प्रतितोला एक लाख ३६ हजार नौ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य साताको अन्तिम दिन शुक्रबार बढेर एक लाख ४२ हजार दुई सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्