२५ जेठ २०८३, सोमबार

सशस्त्र प्रहरी नायव उपरीक्षक कार्कीमाथि कारबाहीको तयारी

जेठ २०, २०८१
काठमाडौं
सशस्त्र प्रहरी नायव उपरीक्षक कार्कीमाथि कारबाहीको तयारी

प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक डा नेत्र बहादुर कार्कीलाई सरकारले कारबाहीको तयारी गरेको छ । स्याङ्गजाको विरूवा गाउँपालिका वडा नम्बर १ स्थायी बतन भएका उनी गत चैत १४ गतेदेखि बिना जानकारी सम्पर्कबिहीन भएको गृह मन्त्रालयले जनाएको छ । 

एपीएफ अस्पताल, बलम्बु काठमाडौंमा दरबन्दी भएका कार्की बिदा स्वीकृत नगराई बिना सूचना लामो समयसम्म अनुपस्थित रहेर जिम्मेवारी एवं आचरण विपरितको कार्य गरेको देखिएको हुँदा उनलाई सशस्त्र प्रहरी नियमावलीअनुसार भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने तयारी भएको हो । 

यदि विभागीय सजाय गर्नु नपर्ने कुनै मनासिव कारण भए बाटोको म्याद ७ दिनभित्र सफाई पेश गर्न मन्त्रालयले निर्देशन पनि दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्