२३ असार २०८३, मंगलबार

पूर्वमन्त्री जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा साउन १३ गते फैसला हुने

जेठ २०, २०८१
काठमाडौं
पूर्वमन्त्री जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा साउन १३ गते फैसला हुने

पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले आगामी साउन १३ गते निर्णय सुनाउने भएको छ ।

सहायक प्रवक्ता गोविन्द अधिकारीका अनुसार न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले आइतबार दुवै पक्षको सुनुवाइ सकेर २१ असारसम्म बहस नोट पेश गर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतले यही जेठ १ गतेदेखि जोशीविरुद्धको मुद्दामा निरन्तर सुनुवाइ गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० पुष १८ गते  पूर्वमन्त्री जोशीविरुद्ध ३ करोड ९३ लाख ६२ हजार ५७६ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

२०६९ साउन १० गते विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले जोशीलाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको थियो ।

विशेषले जोशीलाई २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जफत र त्यति नै रकम जरिवाना हुने फैसला सुनाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्