२१ जेठ २०८३, बिहीबार

जुम्लाका किसानलाई भेडा उपहार

जेठ २१, २०८१
काठमाडौं
जुम्लाका किसानलाई भेडा उपहार
फाइल तस्वीर

जुम्लाको कनकासुन्दरी गाउँपालिकाले किसानलाई भेडा वितरण गरेको छ । 

आर्थिक वर्ष २०८०/८१ को बजेटबाट कनकासुन्दरी –७ का १८  किसानलाई भेडा वितरण गरिएको कनकासुन्दरी गाउँपालिकाको पशुपन्छी विकास शाखाका प्रमुख लालबहादुर रावतले बताए ।

कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको ७ लाख, लाभग्राहीबाट ४ लाख २० हजार र कनकासुन्दरीको २ लाख ८० हजारको लागतमा भेडा खरिद गरिएको थियो ।  

गडुनानी साझेदारी भेडा पकेट समूहले ९० भेडा र २ थुमा खरिद गरेर  किसानलाई वितरण गरिएको हो ।

उक्त समूहका २७ सदस्यमध्ये पहिलो पटकमा १८ किसानलाई भेडा वितरण गरिएको हो । 

जिल्लामा अन्य स्थानीय तहभन्दा कनकासुन्दरी भेडा पालनका लागि उपयुक्त ठाउँ समेत हो । 

पालिकामा भेडा पकेट कार्यक्रम रहेकाले यसभन्दा पहिलेका वर्षहरूमा पनि अन्य वडामा पनि भेडा वितरण गरेको गाउँपालिका अध्यक्ष दामोदर आचार्यको भनाइ छ । 

जुम्लामा ८४ हजार भेडा

पशु अस्पताल तथा पशुसेवा कार्यालयका अनुसार जुम्लामा अहिले ८४ हजार तीन सय ८८ भेडा रहेको छ । यसैगरी बाख्राको सङ्ख्या ४६ हजार ३ सय ६ रहेको कार्यालयका प्रमुख ज्ञानेन्द्र बुढ्थापाले दिए ।

जिल्लामा ६९ हजार हेक्टर चरन क्षेत्र रहेको छ । कार्यालयबाट भेडापालक किसानलाई विभिन्न किसिमका सीपमूलक तथा प्राविधिक तालिम दिँदै आएको कार्यालयले जनाएको छ ।  

पछिल्लो समयमा जुम्लाका स्थानीय भेडापालनमा आकर्षित हुन थालेका छन् । बजारमा भेडाको माग बढ्न थालेपछि स्थानीय भेडापालनमा आकर्षित भएको पातारासीका मुनबहादुर ऐडीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्