![सडकको बिचमा भएको पोल ललितपुर महानगरले हटायो [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/karidor_6_aNOfXoMQeG.jpg)
बागमती करिडोरको यूएन पार्क–कुपण्डोल खण्डमा पोल नसारी सडक पिच गरेको भनेर आलोचना भएपछि पोल सार्न शुरू भएको छ ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सडक बत्तीका पोलसमेत नसारी सडक पिच गरेको थियो ।
यसबाट दुर्घटनाको जोखिम बढेको भन्दै आलोचना भएपछि ललितपुर महानगरपालिकाले आज बिहानदेखि पोल सार्न शुरू गरेको हो ।

पोल सार्न महानगर प्रहरीसहितको टोली परिचालन गरिएको छ । उनीहरूले पोल उखेल्न थालेका छन् ।
शुक्रबार बेलुका आवातजावत बन्द गरेर यूएन पार्कदेखि कुपण्डोलसम्म सडक पिच गरिएको थियो ।

यूएन पार्क–कुपण्डोल खण्डको करिडोर जीर्ण थियो । सडकका खाल्डाखुल्डी पनि नपुर्दा यात्रा कष्टकर हुने गर्दथ्यो ।


