२४ असार २०८३, बुधबार

एमाले काठमाडौंको जिल्ला अधिवेशन शुरू, पोखरेलको अध्यक्षतामा बन्द सत्र समिति गठन

जेठ २६, २०८१
काठमाडौं
एमाले काठमाडौंको जिल्ला अधिवेशन शुरू, पोखरेलको अध्यक्षतामा बन्द सत्र समिति गठन

नेकपा एमालेको काठमाडौं जिल्लाको सातौं अधिवेशन शुरू भएको छ ।

पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशनको उद्‌घाटन गरेका हुन् । 

अधिवेशन उद्‌घाटन सत्रमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ, रघुजी पन्त, काठमाडौं इन्चार्ज आनन्द पोखरेल, बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेललगायत नेताहरू सहभागी छन् ।

जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले अधिवेशनमा ५ सय ८५ प्रतिनिधि रहेको र बन्द सत्र आइतबारदेखि बबरमहलमा हुने जानकारी दिए ।

बन्द सत्र सञ्चालनका लागि इन्चार्ज पोखरेलको अध्यक्षतामा ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ ।

अधिवेशनले पदाधिकारीसहित २ सय २५ सदस्यीय जिल्ला कमिटी र सात सदस्यीय लेखा समिति निर्वाचित गर्नेछ ।

हालसम्म एमालेका ६३ जिल्ला अधिवेशन सम्पन्न भइसकेका छन् । एमालेको जेठभित्रमा जिल्ला अधिवेशन सम्पन्न गर्ने लक्ष्य छ ।

salt training

कमेन्ट गर्नुहोस्