२५ जेठ २०८३, सोमबार

राष्ट्रसङ्घले ‘लज्जास्पद कालोसूची’मा राखेपछि इजरायलको प्रतिक्रिया– यो ‘अनैतिक निर्णय’ले हमासलाई प्रोत्साहित गर्छ

जेठ २६, २०८१
काठमाडौं
राष्ट्रसङ्घले ‘लज्जास्पद कालोसूची’मा राखेपछि इजरायलको प्रतिक्रिया– यो ‘अनैतिक निर्णय’ले हमासलाई प्रोत्साहित गर्छ

तेल अविव–सशस्त्र द्वन्द्वमा बालबालिकाको अधिकार उल्लङ्घनको गरेको भन्दै संयुक्त राष्ट्र सङ्घले इजरायल र हमासलाई आफ्नो ‘लज्जास्पद कालोसूची’ राखेको द टाइम्स अफ इजरायलले जनाएको छ ।

यो सूची संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनसँग जोडिएको छ ।

रुस, इस्लामिक स्टेट, अल–कायदा, बोको हराम, अफगानिस्तान, इराक, म्यानमा, सोमालिया, यमन र सिरियाको यो सूचीमा इजरायल र हमासलाई पहिलोपटक समावेश गरिएको छ । यो सूचीमा समावेश हुने इजरायल पहिलो लोकतान्त्रिक देश भएको द टाइम्स अफ इजरायलले जनाएको छ ।

अघिल्लो वार्षिक प्रतिवेदनमा इजरायली–प्यालेस्टिनी द्वन्द्वका अध्याय समावेश थिए जसले इजरायललाई बालबालिकाविरुद्ध गम्भीर अधिकार उल्लङ्घनको आरोप लगाएको थियो ।

राष्ट्रसङ्घको प्रतिवेदनपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले राष्ट्रसङ्घको निर्णयलाई भ्रमपूर्ण रहेको बताएका छन् ।

राष्ट्रसङ्घका लागि इजरायली मिसनले राष्ट्रसङ्घका लागि इजरायलका स्थायी प्रतिनिधि गिलाड एर्डानले शुक्रबार गुटेरेसका चिफ अफ स्टाफबाट औपचारिक सूचना प्राप्त गरेका हुन् ।

गिलाड एर्डानले इजरायली सेना विश्वको सबैभन्दा नैतिक सेना भएको कुरामा जोड दिँदै यो ‘अनैतिक निर्णय’ले हमासलाई प्रोत्साहित गर्ने बताए ।

‘राष्ट्रसङ्घको यो निर्णयले हमासलाई थप प्रोत्साहित गर्ने र युद्ध विस्तार गर्न उत्प्रेरित गर्नेछ,’ एर्दानले थपे ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायल–हमास युद्धमा लगभग आठ हजार बालबालिका को ज्यान गएको द टाइम्स अफ इजरायलले जनाएको छ । तथापि, यो सङ्ख्यालाई गत महिना रातारात लगभग छ हजार पाँच सयमा घटाइएको थियो । बालबालिका र सशस्त्र द्वन्द्वमा संयुक्त राष्ट्रको रिपोर्टमा पनि प्रयोग गरिएको यो सङ्ख्याले हमास अधिकारीबाट प्राप्त डाटाको सत्यता बारेमा थप प्रश्न निम्त्याएको थियो ।

इजरायली विदेश मन्त्री इजरायल काट्जले यो निर्णयले संयुक्त राष्ट्रसँगको इजरायलको सम्बन्धमा असर पार्ने बताए । ‘दशौँ हजार निर्दोषलाई मृत्युदण्ड दिने इरानी राष्ट्रपतिको सम्झनामा एक मिनेट मौनधारण गर्ने गुटेरेसलाई हमासको यौन अपराध र इजरायलको आत्मरक्षाको अधिकारलाई बेवास्ता गर्ने एन्टिसेमेटिक महासचिवको रूपमा इतिहासमा स्मरण गरिनेछ,’ उनले भने ।

‘आईडीएफ संसारको सबैभन्दा नैतिक सेना हो र कुनै पनि काल्पनिक प्रतिवेदनल यसलाई परिवर्तन गर्दैन । यो कदमले संयुक्त राष्ट्रसँगको इजरायलको सम्बन्धमा असर पार्नेछ,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्