११ साउन २०८३, सोमबार

भारत भ्रमणअघि राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री

जेठ २६, २०८१
काठमाडौं
भारत भ्रमणअघि राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार  राष्ट्रपति रामचन्द्र पौडेलसँग  भेटवार्ता गरेका छन् । 

राष्ट्रपति भवन शीतल निवासमा शनिबार भएको सो भेटमा प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणबारे जानकारी गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । भेटमा अन्य समसामयिक विषयमा पनि कुरा भएको जनाइएको छ ।

प्रधानमन्त्री आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी हुन भारत जाँदैछन् । 

salt training

कमेन्ट गर्नुहोस्