२६ असार २०८३, शुक्रबार

कोशी, बागमती र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा हावाहुरी

जेठ २७, २०८१
काठमाडौं
कोशी, बागमती र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा हावाहुरी

हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । 

आइतवार दिउँसो कोशीलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ । 

कोशीलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

यस्तै राति कोशीका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ ।

‘कोशीलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ,’ महाशाखाले आइतवार बिहान जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कोशीको थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्