२८ असार २०८३, आइतबार

त्रिभुवन विमानस्थलबाट सुनसहित ४ जना पक्राउ

जेठ २७, २०८१
काठमाडौं
त्रिभुवन विमानस्थलबाट सुनसहित ४ जना पक्राउ
फाइल तस्वीर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलीको सुनसहित ४ जना पक्राउ परेका छन् ।

भन्सार छलीको सुन संकलन गरेर लैजान लागेको अवस्थामा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा मोरङ केराबारीका सरोज कोइराला, रौतहट कटहरियाका मोहम्मद इन्तेयाज आलम, सप्तरी सुरुङगाका मोहम्मद अरमान र सप्तरी खडक नगरपालिका–६ बस्ने ज्याउदिन मियाँ छन् ।

प्रहरीका अनुसार कतार एयर उडानद्वारा नेपाल आएका सरोजले भन्सार छली ल्याएको सुन मोहम्मद इन्तेयाजलाई सुनको सिक्री र काँचो सुन करिब ६९ ग्राम ९९ मिलिग्राम सुन दिइरहेका बेला नियन्त्रणमा लिइएको हो ।

त्यस्तै विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट ५० ग्राम बराबरको सुनको सिक्रीसहित मोहम्मद र ज्याउदिनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

कतार एयरको उडानद्वारा दोहाबाट नेपाल आएका ज्याउदिनले भन्सार छली ल्याएको उक्त सुन मोहम्मदलाइ दिने क्रममा पक्राउ परेका हुन् ।

शनिबार नियन्त्रणमा लिइएका चारै जनालाई बरामद सुनसहित भन्सार कार्यालय पठाइएको विमानस्थल सुरक्षा प्रमुख डीआईजी रामदत्त जोशीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्