११ असार २०८३, बिहीबार

नुसिरात शिविरमा भएको इजरायली कारबाहीमा मृत्यु हुनेको सङ्ख्या २७४ पुग्यो

जेठ २७, २०८१
काठमाडौं
नुसिरात शिविरमा भएको इजरायली कारबाहीमा मृत्यु हुनेको सङ्ख्या २७४ पुग्यो

मध्य गाजापट्टीको नुसिरात शरणार्थी शिविरमा शनिबार गरिएको इजरायली सैन्य कारबाहीमा मृत्यु हुनेको सङ्ख्या २७४ जना पुगेको र ६९८ व्यक्ति घाइते भएका हमास नियन्त्रित क्षेत्रका स्वास्थ्य अधिकारीले जनाएका छन् । 

अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “भारी बमबारी जारी रहेको र उद्धार टोलीको अभाव हुँदा केही पीडितहरू भग्नावशेषमुनि रहेको उल्लेख गरिएको छ ।”

कारबाहीको क्रममा, इजरायली सेनाले शरणार्थी शिविरबाट चार जना बन्धकहरूलाई उद्धार गरेको छ । यसमा हमासले गत अक्टोबरमा अपहरण गरेका करिब २५० इजरायलीमध्ये २५ वर्षीया नोआ अर्गामानी, ४० वर्षीया श्लोमी जिभ, २१ वर्षीय अल्मोग मीर जान र २७ वर्षीय एन्ड्रे कोज्लोभलाई उद्धार गरेको थियो ।

हमासले गत अक्टोबरमा दक्षिणी इजरायलमा अकस्मात गरेको आक्रमणपछि करिब एक हजार २०० जनाको मृत्यु भएको थियो । इजरायलले बदलामा गाजामा प्रतिशोधात्मक कारबाही शुरू गरेको र अहिलेसम्मको इजरायली कारबाहीमा परी गाजाका ३७ हजार ८४ जनाको मृत्यु भइसकेको छ र ८४ हजार ४९४ जना घाइते भएका गाजाका स्वास्थ्य अधिकारीले बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्