२८ जेठ २०८३, बिहीबार

रोमाञ्चक खेलमा भारत विजयी, पाकिस्तानको अन्तिम आठ यात्रा कठिन

जेठ २८, २०८१
काठमाडौं
रोमाञ्चक खेलमा भारत विजयी, पाकिस्तानको अन्तिम आठ यात्रा कठिन

आइसीसी टी-२० विश्वकपमा भारतले चीर प्रतिद्वन्दी पाकिस्तानलाई हराएको छ । आइतबार राति सम्पन्न रोमाञ्चक खेलमा भारतले पाकिस्तानलाई ६ रनले हराएको हो । 

जितका लागि १२० रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर क्षतिमा ११३ रन मात्र बनाउन सक्यो ।

भारतको यो लगातार दोस्रो जित हो भने पाकिस्तानको लगातार दोस्रो हार हो । 

पाकिस्तानका लागि मोहम्मद रिजावनले सर्वाधिक ३१ रन बनाए । इमाद वसिमले २३ बलमा १५ रन जोडे भने कप्तान बाबर आजम, उसमान खान र फखर जमानले १३–१३ रनको योगदान दिए ।

भारतका लागि जसप्रित बुमराहले ३ तथा हार्दिक पाण्ड्याले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले १९ ओभरमा सबै विकेटको क्षतिमा ११९ रन बनाएको थियो ।

भारतका ओपनरद्वय विराट कोहली ४ र रोहित शर्मा १३ रन बनाएर आउट भएका थिए । 

त्यसपछि ऋषभ पन्त र अक्षर पटेलले भारतको इनिङ्स सम्हाले । दुईले मिलेर ३० बलमा ३९ रन जोडे । पन्तले टोलीका लागि सर्वाधिक ४२ रन बनाए । 

अक्षर पटेलले १८ बलमा २० रन जोडे । 

पाकिस्तानका लागि नसिम शाह र ह्यारिस राउफले ३–३ विकेट लिए । मोहम्मद आमिरले २ विकेट हात पारे ।

हारसँगै पाकिस्तानको अन्तिम आठमा पुग्ने सम्भावनामा कमजोर बनेको छ । पहिलो खेलमा अमेरिकाविरुद्ध हार बेहोरेको पाकिस्तानलाई सुपर आठमा पुग्न अन्य नतिजामा भर पर्नुपर्ने अवस्था आएको छ । 

जितपछि भारतको २ खेलमा ४ अंक भएको छ । अमेरिकाको पनि २ खेलमा ४ अंक छ । 

क्यानाडाको २ खेलमा २ अंक रहेको छ भने पाकिस्तान २ खेलमा र आयरल्याण्ड १ खेलमा शून्य अंकमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्