
हाल कोशी प्रदेशलगायत देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ ।
कोशी प्रदेशको एक-दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी प्रदेश प्रदेशका थोरै तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
लुम्बिनी, कर्णाली र सुदूररपश्चिम प्रदेशको थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति कोशी प्रदेश प्रदेशका थोरै तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ।