
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो भारत भ्रमणको पूर्वसन्ध्यामा भारतीयसहित अन्य राजदूत फिर्ता गर्नु संयोग मात्र भएको बताएका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथ ग्रहण समारोहमा सहभागी भएर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
यस्तै, प्रधानमन्त्री प्रचण्डले सार्कलाई सक्रिय पार्न भारतका प्रधानमन्त्री मोदी र विदेशमन्त्री एस जयशंकरलाई आग्रह गरेको बताएका छन् ।
'सार्कलाई सक्रिय पार्नेदेखि सीमासम्बन्धी अन्य इस्युलाई हामीसँग रहेका सबै मेकानिजमलाई सक्रिय पारेर समाधान गर्न भारतका प्रधानमन्त्री र विदेश मन्त्रीसँग कुरा गरेको छु,' प्रधानमन्त्री प्रचण्डले भने, 'प्रधानमन्त्रीजी र जयशंकरजी दुवै जना त्यसका लागि सकारात्मक हुनु हुन्छ ।'
साथै पञ्चेश्वरको योजना पनि सकारात्मक रूपमा अगाडि बढ्ने उनले बताए ।