२२ असार २०८३, सोमबार

प्रतिनिधिसभा बैठक : के-के छन् सम्भावित कार्यसूची ?

जेठ २९, २०८१
काठमाडौं
प्रतिनिधिसभा बैठक : के-के छन् सम्भावित कार्यसूची ?

प्रतिनिधि सभाको बैठक मंगलबार बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रपतिको कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र सभामुखले पढेर सुनाउने 
सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । 


यसैगरी विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकमाथि प्रारम्भ हुने छलफलअन्तर्गत युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि,  श्रम, रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल गर्नेलगायत कार्यसूची पनि छ । 

बैठकमा विभिन्न सांसद्हरुले मन्त्रालयगत खर्च कटौतीको प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ । उक्त प्रस्तावहरूलाई आजै निर्णयार्थ प्रस्तुत गरिने जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्