२९ जेठ २०८३, शुक्रबार

सेनाको वैकल्पिक सूचीमा रहेकालाई काठमाडौँ महानगरपालिकामा काम गर्ने अवसर

जेठ २९, २०८१
काठमाडौं
सेनाको वैकल्पिक सूचीमा रहेकालाई काठमाडौँ महानगरपालिकामा काम गर्ने अवसर

काठमाडौँ महानगरपालिकाले करार सेवामा नियुक्ति गर्नेगरी १३७ जना नगर प्रहरी जवान माग गरेको छ ।  नेपाली सेनाको सैन्य पदको विज्ञापन नं. ०८०/८१/०२ मा वैकल्पिक सूचीमा समावेश भएका इच्छुक उम्मेदवारलाई नियुक्ति गर्नेगरी महानगरले दरखास्त आह्वान गरेको हो । 

जङ्गी अड्डाबाट प्राप्त वैकल्पिक सूचीमा समावेश भएका उम्मेदवारहरू मध्ये इच्छुक उम्मेदवारले ७ दिनभित्र काठमाडौँ महानगरपालिका
प्रशासन विभागमा दरखास्त पेस गर्नुपर्ने महानगरपालिकाले मंगलबार सार्वजनिक गरेको सूचनामा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्