
वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका- १८ का २८ वर्षीय राजकुमार भट्ट र कास्कीको पोखरा महानगरपालिका- ८ का ४६ वर्षीय पवन पन्त रहेका छन् ।
उनीहरूले विगत ३/४ वर्षको अवधिमा ३०० भन्दा बढी व्यक्तिलाई वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै ठगी गरेको पाइएको छ ।
उनीहरूले १५ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनाबारे प्रहरीले केही बेरमा पत्रकार सम्मेलन गरेर जानकारी दिने जनाएको छ ।