२९ जेठ २०८३, शुक्रबार

विनियोजन विधेयकमा बुधबार पनि छलफल जारी रहने

जेठ २९, २०८१
काठमाडौं
विनियोजन विधेयकमा बुधबार पनि छलफल जारी रहने

प्रतिनिधिसभामा आजदेखि प्रारम्भ भएको विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकमा भोलि बुधबार पनि छलफल जारी हुनेछ । 

विनियोजन विधेयकअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपक्षी विकास मन्त्रालयका विभिन्न शीर्षकमा आज छलफल भयो । 
      छलफलमा सांसदहरु सूर्यमान दोङ, तेजुलाल चौधरी, मङ्गलप्रसाद गुप्ता,  रणेन्द्र बराली, डा नारायण खडका, सूर्यप्रसाद ढकाल, रुपा सो.शी.(चौधरी) जाबेदा खातुन जागा, हेमराज राई, कान्तिका सेजुवाल, दयालबहादुर शाही, कुशुम थापा मगर, प्रभु हजारा, शान्ति विक, ईश्वरी घर्ती, देवप्रसाद तिमिल्सिना, सराज अहमद फारुकी, नारायणप्रसाद आचार्य, वासुदेव घिमिरे, बिजुला रायमाझी, अमृतलाल राजवंशी, चन्द्रबहादुर विश्वकर्मा, महेशकुमार बर्तौलाले भाग लिए ।  

प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयकअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन, न्याय तथा संसदीय मामिला, शहरी विकास र रक्षा मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि छलफल हुनेछ । प्रतिनिधिसभाको अर्काे बैठक बुधबार बिहान ११ बजे हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्