
आईसीसी टी-२० विश्वकप क्रिकेटमा क्यानडाले पाकिस्तानसामु लागि १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
अमेरिकाको नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा पहिले ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६ रन बनाएको हो ।
खेलमा एरोन जोनसनले अर्धशतक बनाए । उनले ४४ बलमा ५२ रन जोडे । यसैगरी कलिम सानाले १४ बलमा १३ रन बनाए भने कप्तान साद बिन जाफरले २१ बलमा १० रनको योगदान दिए ।
खेलमा पाकिस्तानका लागि ह्यारिस राउफ र मोहम्मद आमिरले २–२ विकेट लिए ।